
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहने नैतिक अधिकार नभएको भन्दै तत्काल राजीनामा माग गरेको छ।
- सचिवालय बैठकले जेनजी प्रदर्शनकारीमाथि प्रहरी दमनपछि सरकारले आफ्नो वैधानिकता गुमाइसकेको निर्णय गरेको छ।
- पार्टीले जेनजीका जायज मागप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शनकारीबाट पार्टी कार्यालय तोडफोडप्रति कार्बाहीको माग गरेको छ।
२३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।
जेनजी प्रदर्शनकारीहरुमाथि प्रहरी दमन भए लगत्तै बसेको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बसिरहने नैतिक अधिकार नभएको निर्णय गरेको हो ।
‘यति धेरै जनताको ज्यान लिने हत्यारो सरकारलाई अब सत्तामा बसिरहने नैतिक अधिकार छैन’ बैठकपछि प्रचार प्रमुख प्रकाश ज्वालाले जारी बक्तव्यमा भनिएको छ, ‘सरकारले आफ्नो वैधानिकता गुमाइसकेको छ । त्यसकारण हाम्रो पार्टी प्रधानमन्त्री र गृहमन्त्रीको तत्काल राजीनामा माग गर्दछ ।’
एकीकृत समाजवादीले जेनजीका जायज मागहरुप्रति ऐकेबद्धता जनाउने निर्णय पनि गरेको छ । तर जेनजी प्रदर्शनकारीहरुबाट आफ्नो पार्टी कार्यालय तोडफोड भएकोप्रति भने आपत्ति जनाउँदै कार्बाहीको माग गरेको छ ।
प्रतिक्रिया 4