
२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कर्फ्यू आदेश जारी गरेको छ । मंगलबार बिहान ८:३० बजेदेखि अनिश्चिकालिन कर्फ्यू आदेश जारी गरिएको छ ।
भक्तपुर जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, भक्तपुर नगरपालिकाभित्र आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।
कर्फ्यु आदेश जारी भएका क्षेत्र :
-जडीबुटी-राधेराधे-बालकोट निकोसेरा, पेप्सीकोला क्षेत्र
-जडीबुटीदेखि अरनिको राजमार्ग साँगासम्म (२०० मिटर वरपर), पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म,
-कौशल्टारदेखि बालकोटचोक हुँदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म
-राधेराधेचोकदेखि निकोसेरा चोकसम्म
-बाखाबजार, नेपाल कोरियन मैत्री नगरअस्पताल हुँदै चारदोबाटो चोकसम्म
-सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म
-च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सीमानासम्म)
-दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र
-देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
प्रतिक्रिया 4