
२७ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा तथा साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु जारी गरेको जानकारी दिएका हुन् ।
अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ ।
निषेधाज्ञा र कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न निषेध गरिएको छ ।
साथै पाँच जनाभन्दा बढी भेला हुन पनि नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4