+
+
Shares

कर्फ्यु हट्यो, जनजीवन सामान्य

आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते १०:०१

२८ भदौ, काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको छ ।

आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा पनि हटेको छ । काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले पनि कर्फ्यु हटाएका छन् ।

आम नागरिक आफ्नो पेसा व्यवसायमा फर्किएका छन् । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।

गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने छ ।

मध्यावधि चुनाव फागुन २१ गते तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?