– डिल्ली राम अंमाई
बेल्जियम। नवलपरासी सहायता समाज बेल्जियमले सिन्धुपल्चोकको सुनकोशी पहिरो पीडितहरूलार्इ ५० हजार रूपैयाँ सहयोग गर्ने भएको छ । साथै समाजले पहिरो खसेर सुनकोशी नदी थुनिँदा भएको मानविय तथा धनजनको क्षतिप्रति गहिरो दु:ख ब्यक्त गरेको छ ।
समाजको आयोजनामा आन्त्वेर्पन्को नर्थ पार्कमा आइतवार बेल्जियममा आई स्थायी तथा अस्थायी बसोबास गरेका नेपालीहरुवीच भएको परोपकारी बार बि क्यु कार्यक्रममा पहिरो पीडितलार्इ ५० हजार सहयोग गर्ने घोषणा गरिएको हो । कार्यक्रममा यहाँका सम्पूर्ण संघसंस्थाहरुलाई सार्वजनिक सुचना मार्फत औपचारिक निमन्त्रणा गरिएको थियो ।
तर भावनात्मक रुपमा एकवद्धता जनाउन सबै नेपाली संघ संस्थाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए। यस्तै बिङगो चिट्ठा कार्यक्रमको प्रथम पुरस्कार पुषकर बुढाले पाएका थिए भने दोस्रो पुरस्कार बिमल घलेले प्राप्त गरे ।
संस्थाका अध्यक्ष रमेश सापकोटा र महासचिव हरि सापकोटाले समाजको तर्फबाट सहभागी सम्पूर्ण संघ सस्था तथा शुभचिन्तकहरुमा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
प्रतिक्रिया 4