+
+
Shares

गुल्मीको मदाने गाउँपालिकाले शिक्षकलाई दियो अभिमुखीकरण तालिम

कार्यक्रमको पहिलो चरणमा गाउँपालिकाका सबै ४५ जना प्रधानाध्यापकलाई विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रक्रियाबारे अभिमुखीकरण दिइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मदाने गाउँपालिकाले विद्यालय शिक्षामा गुणस्तर बढाउन ४५ जना प्रधानाध्यापक र ३०६ जना शिक्षकलाई तालिम दिएको छ।
  • गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरले शिक्षा क्षेत्रमा गुणस्तर प्रवर्द्धनका लागि गाउँपालिकाले लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
  • प्रशिक्षक डा. विष्णु प्रसाद पोखरेलले शैक्षिक पलायन समस्या अनुसन्धानमार्फत समाधान गर्नुपर्ने र शिक्षा क्षेत्रमा अनुसन्धान र विकासलाई प्राथमिकता दिनुपर्ने बताए।

६ असोज, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले विद्यालय शिक्षामा गुणस्तर बढाउन प्रधानाध्यापक र शिक्षकलाई तालिम दिएको छ ।

पहिलो पटक पालिकाभित्रका सम्पूर्ण विद्यालय शिक्षक र प्रधानाध्यापकलाई समेट्दै गाउँपालिकाले तालिम आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो चरणमा गाउँपालिकाका सबै ४५ जना प्रधानाध्यापकलाई विद्यालयमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने प्रक्रियाबारे अभिमुखीकरण दिइएको थियो ।

त्यसपछि अनुसन्धानमा आधारित प्रमाण र तथ्यहरूसहित ३०६ जना शिक्षकलाई पनि प्रशिक्षित गरिएको छ ।

गाउँपालिका अध्यक्ष महेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न सत्रमा उनले शिक्षा क्षेत्रमा गुणस्तर प्रवर्द्धनका लागि गाउँपालिका लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रशिक्षक सह–प्राध्यापक डा. विष्णु प्रसाद पोखरेलले अनुसन्धानका निष्कर्षका आधारमा शिक्षक, विद्यार्थी र अभिभावकको अपेक्षाबारे प्रस्तुति दिँदै शिक्षा क्षेत्रमा अनुसन्धान र विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

उनले शैक्षिक पलायन प्रमुख समस्या भएको भन्दै यसलाई अनुसन्धानमार्फत हस्तक्षेप गरेर समाधान गर्नुपर्नेमा जोड दिए ।

शिक्षकहरूको प्रस्तुति सत्रको अध्यक्षता शिक्षा शाखा अधिकृत नारायण पन्थीले गरेका थिए भने वरिष्ठ संकाय सदस्य खिम बहादुरले सञ्चालन गरेका थिए ।

सहभागी अर्जुन अर्यालले यो नयाँ कार्यक्रम भएको र यसको कार्यान्वयनले विद्यालय शिक्षाको गुणस्तर सुनिश्चिततामा योगदान पुग्ने धारणा राखे ।

त्यस्तै, सहभागी मदन बहादुर कुँवर, क्षेत्री भीम कुमारी थापा, तारा पन्थी र अर्जुन भुसालले अनुसन्धान तथा विकास सम्बन्धी कार्यक्रम हरेक वर्ष दोहोरिनुपर्ने माग गरे ।

यस वर्षको नीतिगत प्राथमिकताका लागि कार्यशालामा संलग्न सहभागीहरूको सुझावलाई समेत समेटिने गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?