
News Summary
Generated by OK AI. Editorially reviewed.- देशभर मनसुनी तथा स्थानीय वायुको प्रभावले सबै प्रदेशमा साधारणतया वर्षा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
- कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ।
- तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।
१४ असोज, काठमाडौं। हिन्दू दशैं हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहेकाले सबै प्रदेशमा साधारणतया वर्षा रहने छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
प्रतिक्रिया 4