+
+
Shares

धपक्कै बल्यो कमलपोखरीको छठघाट(तस्वीरहरू)

राजधानीको कमलपोखरीमा बनाइएको छठघाटलाई बेहुली झैं सजाइएको छ भने झिलिमिली बत्तीले थप आकर्षक बनाइएको छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ कात्तिक १० गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज १० कात्तिकमा छठ पर्वको मुख्य दिन भएकाले ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरिन्।
  • काठमाडौँका कमलपोखरी, गौरीघाट, विष्णुमती लगायत २१ स्थानमा छठ पूजास्थल निर्माण गरिएको छ।

१० कात्तिक, काठमाडौं। आज छठ पर्वको मुख्य दिन । ब्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

राजधानीको कमलपोखरीमा बनाइएको छठघाटलाई बेहुली झैं सजाइएको छ भने झिलिमिली बत्तीले थप आकर्षक बनाइएको छ ।

अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ ।

प्रधानमन्त्री सुशीला कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी छिन् ।उनले सूर्यसहित छठी माताको पूजा आराधना गरेकी हुन् ।

ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

कमलपोखरीसँगै राजधानीका गौरीघाट, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

 

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?