१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धारा (जगन्नाथदेवल)बाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–६ नर्जा घर भएका ३१ वर्षीय आदम तामाङ छन् । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले बुधबार साँझ तारकेश्वर नगरपालिका–६ जितपुर फेदीबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएर उनी कैद भुक्तान गर्दै थिए । २४ भदौको जेनजी आन्दोलनको बेला उनी भागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4