News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४.९ प्रतिशत बढेर २१ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
- कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेर १३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।
- नेपाल लाइफको चुक्ता पूँजी ९ अर्ब २ करोड र सञ्चित आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।
२८ कात्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ४.९ प्रतिशत बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टअनुसार खुद नाफा २१ करोड ५५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २० करोड ५४ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद प्रिमियम आम्दानी १३ प्रतिशत बढेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ११ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा १३ अर्ब ३६ करोड रुपैयाँ छ । विपत्ति कोषमा १ अर्ब ३४ करोड रुपैयाँ छ ।
९ अर्ब २ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५५ पैसा छ । प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १४ पैसा छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ८०१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4