+
+
Shares

प्रहरी र युवाबीच झडपपछि बाराको सिमरामा कर्फ्यू आदेश

बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १२:३३

३ मंसिर, जनकपुरधाम । प्रहरी र जेनजी युवाबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । एमाले महासचिव शंकर पोखरेल, महेश बस्नेत लगायतका नेता आउने भएपछि जेनजी युवाहरुले  सिमरा एयरपोर्ट नजिक विरोध कार्यक्रम राखेका थिए । त्यसक्रममा युवासंघका कार्यकर्ताहरुले विरोध गरेपछि झडपको स्थिति बनेको थियो ।

त्यसपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ ।

झडपका कारण त्यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत आज बाराको परवानीपुरमा नेकपा एमालेका युवा संगठन युवा संघले मधेश प्रदेश स्तरीय कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम सम्बोधन गर्नका लागि एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत आउन लागेका हुन् ।

उनीहरूलाई रोक्न जेनजी युवाहरू सक्रिय भएका छन्।

हेर्नुहोस् कर्फ्यू आदेश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?