+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
१२० बलमा १४३ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

बिमलेन्द्र निधिको प्रस्ताव : महाधिवेशन वैशाखमै गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १६:४२

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।

अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचन पछि मात्र महाधिवेशन गर्नुपर्ने बताए ।

अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।

‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौं । र त्यसैको तयारीमा हामी सबै लागौं,’ उनले भनेका छन् ।

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ ।

महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?