+
+
WC Series
लुम्बिनी लायन्स 2025
104/3 (12.5)
VS
४३ बलमा ३९ रन आवश्यक
चितवन राइनोज 2025
142/7 (20)
Shares

लन्डनबाट फर्किएर गीत-संगीतमा

नेपाली फिल्म ‘मन बिनाको धन’ मा समेत अभिनय गरेका विनय गीत र म्यूजिक भिडियो एकपछि अर्को सफल हुँदै गएपछि आफू फिल्म निर्माणमा होमिन लागेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विनय अधिकारीले नेपाल फर्किएर गीत-संगीत क्षेत्रमा सफल हुँदै ४ महिनाअघि सार्वजनिक 'लुकी लुकी' गीतले १६ लाखभन्दा बढी भ्यूज पाएको छ।
  • उनले लेखेको 'आमा जेलैमा' गीतले आमाको मर्मस्पर्शी कथा प्रस्तुत गर्दै युट्युबमा १५ लाखले हेरेको छ।
  • विनय अधिकारीले गीत र म्यूजिक भिडियोमा अभिनय गर्दै फिल्म निर्माणमा पनि लाग्ने योजना बनाएका छन्।

लन्डन । एक समय उनी एनआरएनए अभियन्ताका रुपमा बढी परिचित थिए । शैक्षिक परामर्शदाताका रुपमा उनको व्यवसाय चलेकै थियो । मातृभूमिका लागि केही गर्छु भनेर दुई वर्षअघि उनी लन्डनबाट नेपाल फर्किए ।

नेपालमा एनआरएनए केन्द्रिय उपमहासचिव हुँदै गर्दा गीत-संगीततर्फ आकर्षित भएका विनय अधिकारी अहिले यही क्षेत्रमा सफल बने ।

४ महिनाअघि मात्र सार्वजनिक भएको ‘लुकी लुकी’ गीत दर्शक, श्रोताको रोजाइमा परिरहेको उनी बताउँछन् । यस गीतको भिडियोलाई १६ लाख बढी भ्यूज छ ।

विनय र कृष्ण लामिछानेले उक्त गीत लेखेका हुन् भने सोही गीतमा बनाइएको म्यूजिक भिडियोमा प्रियंका कार्की, सुनील क्षेत्री, विनय अधिकारी, करिष्मा ढकाल, बिना राउत, लोसिना लामिछाने र करिष्मा शाहीको अभिनय छ ।

उनले लेखेको मर्मस्पर्शी गीत ‘आमा जेलैमा’ नयाँ वर्षकै दिन गत बैशाख १ गते सार्वजनिक भएको थियो ।

जन्म दिने आमाले आफ्नो सन्तान हुर्काउन कतिसम्म दुःख, कष्ट झेल्छिन् तर पर्दा सन्तान साथमा हुँदैनन् भन्ने यथार्थमा आधारित उक्त गीतले राम्रो चर्चा पायो । खेम सेन्चुरी र देवी घर्तीको स्वर रहेको उक्त गीतलाई युट्युबमा झण्डै १५ लाखले हेरेका छन् ।

विनय र कृष्ण लामिछानेको मार्मिक शब्दमा तयार पारिएको गीतको म्यूजिक भिडियोमा अधिकारीसहित सुस्मिता चौलागाईं र रश्मी भट्टको अभिनय छ ।

‘आमा भन्दा ठूलो संसारमा कोही छैन र पैसाले सबै चीज किन्न पाइएपनि आमा पाइन्न भन्ने भावको गीत दर्शक श्रोताले रुचाए’, अधिकारी भन्छन्, ‘छोराछोरी हुर्केर सात समुद्रपार पुग्छन् तर आमा त्यही माटोमा वेदनाको भारी बोकेर बाँचिरहेकी हुन्छिन् भन्ने सन्देश दिन खोजेको हुँ ।’

यसअघि अधिकारीको ‘यूके बस्ने माया’, ‘दुनियाँ नै लठ्ठ छ’ ‘इन्द्र महाराज’, ‘तिम्लाई पीआर, मलाई देश चाहिएको’ लगायत आधा दर्जन गीत सबै हिट भए ।

करिब डेढ वर्षअघि रिलिज भएको ‘यूके बस्ने माया’ लाई युट्यूबमा एक करोड ५० लाखले हेरे । उक्त गीत विनयले नै रचेका हुन् भने यसमा उनको अभिनय पनि छ ।

उता, १० महिनाअघि सार्वजनिक ‘तिम्लाई पिआर, मलाई देश चाहिएको’ गीत पनि रुचाइयो जसलाई युट्यूबमा १७ लाख पटक हेरियो ।

यो गीत विनय र कृष्ण लामिछानेले लेखेका हुन् । म्यूजिक भिडियोमा विनय र स्मारिका ढकालको अभिनय छ ।

१३ अगस्ट २०२४ मा रिलिज भएको ‘इन्द्र महाराज’ गीतलाई पनि युट्युबमा १५ लाख बढी भ्यूज छ । यो गीतको रचना र अभिनय विनय कै हो ।

त्यस्तै, गत वर्ष ९ अप्रिलमा सार्वजनिक प्रताप दासले गाएको ‘दुनियाँ नै लठ्ठ छ’ गीत पनि विनय अधिकारी र कृष्ण लामिछानेले लेखेका हुन् ।

म्यूजिक भिडियोमा विनय र प्रतिक्षा खतिवडाको अभिनय छ जसलाई ६ लाख ११ हजार बढी भ्यूज छ ।

नेपाली फिल्म ‘मन बिनाको धन’ मा समेत अभिनय गरेका विनय गीत र म्यूजिक भिडियो एकपछि अर्को सफल हुँदै गएपछि आफू फिल्म निर्माणमा होमिन लागेको बताए ।

ग्लोबल गोर्खा समाजका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक अधिकारीले काठमाडौँ र लन्डनलाई कर्मथलो बनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?