+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

विवाहपञ्ची महोत्सव : दोस्रो दिन मनाइयो फूलबारी लिला

तेस्रो दिन स्वयम्बर गरिने

साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम लक्ष्मणलाई अवलोकन गराउँदै जानकीसँग भेटाउँदै फूलबारी लिला मनाइएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ५ मंसिर जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन फूलबारी लिला मनाइएको छ।
  • फूलबारी लिलामा राम लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ।
  • भोलि सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत स्वयम्बरको कार्यक्रम हुने छ।

५ मंसिर, जनकपुरधाम। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइएको छ।

साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम लक्ष्मणलाई अवलोकन गराउँदै जानकीसँग भेटाउँदै फूलबारी लिला मनाइएका हुन्।

फूलबारी लिलामा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।

त्रेता युगमा गुरु विश्वामित्र सहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ।

जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ। फुलबारी लिला हेर्न सयौंको सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए। यो दृश्य निकै नै मनमोहक हुने गर्छ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरमा नगर दर्शन गराइएको थियो। भोलि स्वयम्बरको कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?