+
+
WC Series
चितवन राइनोज 2025
35/4 (7.3)
VS
७५ बलमा १०७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

स्वास्थ्य परीक्षण शुल्क बढाएको विषयमा म्यानपावर व्यवसायीको विरोध

श्रमिकको काँधमा अनावश्यक आर्थिक बोझ थोपर्ने, वैदेशिक रोजगारीका प्रमुख सर्जक तथा मध्यस्थकर्तालाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको विषयमा विरोध जनाएको छ।
  • संघले शुल्क वृद्धि सम्बन्धमा कुनै छलफल वा समन्वय नभएको र यो निर्णय अवैज्ञानिक र श्रमिकमाथि आर्थिक बोझ थप्ने बताएको छ।
  • संघले परीक्षण शुल्क बढाउनु अन्यायपूर्ण र अव्यावहारिक निर्णय भएको र यसले श्रमिक र म्यानपावर व्यवसायीलाई आर्थिक नोक्सानी पुर्‍याउने दाबी गरेको छ।

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको विषयमा म्यानपावर व्यवसायीले विरोध जनाएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएको विषयमा विरोध जनाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० मंसिरदेखि लागु हुने गरी स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएको छ ।

सोही विषयमा संघले विज्ञप्ति जारी गरी शुल्क बढाउनु व्यवसायी र नेपाली श्रमिकका लागि गम्भीर र अकल्पनीय कदम रहेको जनाएको छ ।

श्रमिकको काँधमा अनावश्यक आर्थिक बोझ थोपर्ने, वैदेशिक रोजगारीका प्रमुख सर्जक तथा मध्यस्थकर्तालाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

संघका महासचिव महेशकुमार बस्नेतले जारी गरेको विज्ञप्तिमा श्रमिकको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तथा अभिमुखीकरण शुल्क वृद्धि सम्बन्धमा संघसँग कुनै छलफल, सूचना वा समन्वय नभएको उल्लेख छ ।

वर्तमान अवस्थामा मन्त्रीविहीन मन्त्रालय प्रधानमन्त्री मातहत रहेकै बेला अवैज्ञानिक तरिकाले श्रमिकमाथि आर्थिक बोझ बढाउने नीतिगत निर्णय कार्यान्वयन गरिएको भन्दै त्यसले सुशासन, पारदर्शिता र उत्तरदायित्व विरुद्ध प्रत्यक्ष आक्रमण भएको संघको भनाइ छ ।

वैदेशिक रोजगारी क्षेत्र देशको आर्थिक मेरुदण्ड रहेको बताउँदै संघले यस क्षेत्रमा सुधार चाहिए संघको संस्थागत आवाज सम्बन्धित निकायले सुन्नुपर्ने र विकृतिलाई संरक्षण दिन नहुने विज्ञप्तिमा छ ।

संघले अनावश्यक शीर्षकमा परीक्षण थोपर्नु पूर्णरूपमा अन्यायपूर्ण र अव्यावहारिक निर्णय भएको जनाएको छ । परीक्षण गन्तव्य मुलुकका लागि अनिवार्य नगरिएको अवस्थामा नै त्यस्ता परीक्षण थपेर श्रमिकका लागि आर्थिक बोझ थप्ने काम भएको जनाएको छ ।

नेपालमा गरिने स्वास्थ्य परीक्षणलाई केही गन्तव्य मुलुकले मान्यता नदिने हुँदा कामदार विदेश पुगेपछि पुन: स्वास्थ्य परीक्षण गर्नुपर्ने हालको अवस्था छ ।

विदेशमा ‘मेडिकल अनफिट’ भई नेपाल फर्कनुपर्ने भए ठूलो आर्थिक नोक्सानी हुने र कामदारलाई क्षतिपूर्ति दिनुपर्ने र रोजगारदाता कम्पनीले समेत आर्थिक क्षतिको जिम्मेवार म्यानपावर संस्थालाई नै बनाइरहेको संघको दाबी छ ।

कामदार स्वास्थ्य परीक्षणमा असफल हुँदा आर्थिक क्षतिको जिम्मेवारी समेत स्पष्ट नबनाई कामदारलाई थप परीक्षणका नाममा शुल्क बढाउनु सर्वोपरी हित, न्यायसंगत र समय अनुकूल नभएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?