+
+
WC Series
चितवन राइनोज 2025
43/5 (9.2)
VS
६४ बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

मिस इन्टरनेसनल : नेपाल शीर्ष २० अगावै बाहिरियो, उपाधि कोलम्बियालाई

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोलम्बियाकी क्याटालिना डुकलेले टोकियोमा आयोजित मिस इन्टरनेसनल २०२५ को उपाधि जितेकी छिन्।
  • ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप घोषित भएकी छिन्।
  • नेपालबाट मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् तर अन्तिम २० मा स्थान बनाउन सकेनन्।

टोकियो । सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरनेसनल २०२५’ को उपाधि कोलम्बियाकी क्याटालिना डुकले जितेकी छिन् ।

जापानको राजधानी टोकियोस्थित योयोगी राष्ट्रिय रंगशालामा आयोजित ग्रान्ड फिनालेमा ८० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप, बोलिभियाकी पाओला गुज्मान सेकेन्ड रनरअप, इन्डोनेसियाकी मेलिजा जेभियरा युलिआन थर्ड रनरअप, फिलिपिन्सकी मिरना एसगुएरा फोर्थ रनरअप घोषित भए ।

प्रतियोगिताको दौडमा शीर्ष २० प्रतियोगीले स्विमसूट र साँझको गाउन दुवै विधामा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये शीर्ष १० ले दिगो विकास लक्ष्य पहलबारे सार्वजनिक भाषण गर्दै प्रतिस्पर्धा गरे ।

नेपालबाट यसवर्ष मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् । नेपालले अन्तिम २० अर्थात सेमिफाइनलमा स्थान बनाउन सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?