+
+
WC Series
विराटनगर किंग्स 2025
15/2 (2.6)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमाले महाधिवेशन प्रतिनिधि छनोट विवाद : धनकुटा र ओखलढुंगाको निर्वाचन केन्द्रले गर्‍यो बदर

ओखलढुंगामा संस्थापन इतरपक्षले एकलौटी जितेको थियो । धनकुटामा संस्थापन पक्षले एकलौटी जितेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १४:४६

१७ मंसिर, विराटनगर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर गरेको छ ।

ओखलढुंगामा संस्थापन इतरपक्षले एकलौटी जितेको थियो । धनकुटामा संस्थापन पक्षले एकलौटी जितेको थियो । तर, दुवै जिल्लामा प्रतिनिधि छनोटको निर्वाचनमा धाँधली भएको उजुरी केन्द्रमा पुगेको थियो । केन्द्रले दुवै जिल्लालाई पाँच दिनभित्र पुनः प्रतिनिधि छनोटको निर्वाचन गर्न निर्देशन दिएको हो ।

ओखलढुंगामा इतर पक्षले सदरमुकाममा मात्रै मतदान गरेर एकलौटी निर्वाचन परिणाम घोषणा गरेको थियो ।  धनकुटामा भने संस्थापन पक्षले एकलौटी रूपमा मतदान गराएको थियो ।

धनुटामा सहमतिको प्रयास हुँदा संस्थापन पक्षले ९ र इतर पक्षलाई ४ जना प्रतिनिधि लिने विषयमा छलफल भएको थियो । तर, इतर पक्ष तयार नभएपछि जिल्ला इन्चार्ज राजेन्द्र राईले एकलौटी रूपमा निर्वाचन गराए ।

प्रदेश सांसद समेत रहेका इन्द्रमणि पराजुलीसहितको समूहले निर्वाचन प्रक्रियाको विरोध गर्‍यो । केही स्थानमा मतपत्र च्यातिएको थियो ।

धनकुटामा १३ र ओखलढुंगामा १२ जना प्रतिनिधि छानिएका थिए । दुवै जिल्लाको छनोट प्रक्रिया केन्द्रले बदर गरेपछि पुनः प्रतिनिधि छनोटको तयारी सुरु गरेका छन् ।

धनकुटाको विवाद समाधानको जिम्मा प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला इन्चार्ज राजेन्द्र राईले पाएका छन् ।

एमाले स्रोतका अनुसार दुई नेताबीचको व्यक्तिगत सम्बन्ध राम्रो छैन । सम्बन्ध बिग्रिएका दुई नेतालाई विवाद समाधानको जिम्मा दिएपछि कसरी अघि बढ्ने भन्ने अन्योल छ ।

जिल्ला सदस्य रवीन कट्टेल भने केन्द्रको पत्र आइसकेका कारण छनोटको प्रक्रियाका विषयमा छलफल सुरु भएको बताए ।

ओखलढुंगाको प्रतिनिधि छनोटका लागि सहजीकरणको जिम्मा प्रदेश इन्चार्ज शेरधन राईसँगै विशाल भट्टराई, यज्ञराज सुनार र किशोर अधिकारीले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?