+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

तनहुँमा दूध उत्पादनमा वृद्धि   

आव २०८१/८२ मा तनहुँमा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन भएको छ । अघिल्लो आव २०८०/८१ मा ७३ हजार ५७२ मेट्रिकटन दूध उत्पादन भएको थियो ।

रासस रासस
२०८२ मंसिर १९ गते १४:५४
फाइल तस्वीर

१९ मंसिर, तनहुँ । पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । जिल्लाका स्थानीय तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुदानको कार्यक्रम ल्याएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका छन् । त्यसकारण जिल्लामा दूध उत्पादनमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ मेट्रिकटन दूध उत्पादन भएको कार्यालय प्रमुख रविनसन अधिकारीले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ७३ हजार ५७२ मेट्रिकटन दूध उत्पादन भएको थियो । उनका अनुसार एक हजार १८२ मेट्रिकटन दूध उत्पादनमा वृद्धि भएको छ ।

जिल्लाभर १३ हजार ९९२ दुधालु गाई, २१ हजार ५०३ दुधालु भैँसीको सङ्ख्या रहेको कार्यालयले जनाएको छ । दुधालु गाईको सङ्ख्या ३०४ र भैँसीको सङ्ख्या २६१ ले वृद्धि भएको छ ।

यस्तै जिल्लामा ऊन उत्पादनसमेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा २८९ किलो ऊन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा २७३ किलो ऊन उत्पादन भएको थियो । जिल्लामा भेडाको सङ्ख्या ७२३ रहेको छ ।

तनहुँ दूध, मासु र अन्डामा आत्मनिर्भर छ । प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्नेमा ११८ दशमलव ५४ लिटर उपलब्धता रहेको अधिकारीले बताए ।

त्यस्तै प्रतिव्यक्ति १४ किलो मासु आवश्यक पर्नेमा १४ दशमलव ४१ किलो उपलब्धता रहेको छ । अन्डा ४८ गोटा आवश्यक पर्नेमा ८३ गोटा उपलब्धता छ । दूधमा २७ दशमलव ५४ लिटर, मासुमा शून्य दशमलव ४१ किलो र अन्डामा ३५ गोटाले बढी छ । माछामा भने तनहुँ आत्मनिर्भर बन्न सकेको छैन । प्रतिव्यक्ति सात किलो माछा आवश्यक पर्नेमा शून्य दशमलव २८ किलो मात्रै उपलब्धता छ ।

दूधमा अनुदानबापत ९७ लाख वितरण    

कार्यालयले दुग्ध उत्पादक कृषकलाई ९७ लाख ४१ हजार ५३४ रुपैयाँ अनुदान वितरण गरेको छ ।

दुग्ध उत्पादक कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कृषकलाई ४३ लाख ७३ हजार रुपैयाँ अनुदान वितरण गरिएको थियो ।

अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ कृषक आकर्षित भएको जानकारी दिए । उनले भने, ‘दुग्ध उत्पादनमा कृषकलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर तीन रुपैयाँका दरले अनुदान वितरण गरेका छौँ ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?