+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
३२ बलमा २१ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
100/1 (14.4)
Shares

रुपन्देही-२ मा उम्मेदवार बन्ने निकोलस भूसालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २० गते १८:१९

२० मंसिर, बुटवल ।  निकोलस भनिने कमल भूसालले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी भूसालले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने बताए ।

२०७९ मा पनि रुपन्देही–२ मा उम्मेदवारी  दर्ता गराए पनि छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट रकम लिएको विषयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले चुनावको मिति घोषणा गरेपछि रूपन्देही क्षेत्र नम्बर–२ मा उम्मेदवारी घोषणा गर्ने भूसाल पहिलो हुन् ।

रुपन्देही २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले जित्दै आएको क्षेत्र हो । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार गणेश पौडेलसँग १५ सय भन्दा कम मतको अन्तरले जितेका थिए ।

भूसालले आफ्नो टिमले अन्य क्षेत्रमा पनि उम्मेदवारी दिने गरी अघि बढेको बताए ।

उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टी तथा ऊर्जामन्त्री कुलमान घिसिङ र श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङसँग पनि सहकार्य गरेर अघि बढने तयारी भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?