+
+
Shares

चाँदीको भाउ बढ्यो, सुन घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सयले घटेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ।
  • चाँदीको मूल्य बुधबार ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो जुन हालसम्मकै उच्च हो।

२१ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा यो मूल्य २ सयले कम हो । शुक्रबार २ लाख ५२ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

सुनको मूल्य घटे पनि चाँदीको बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ५५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बुधबार हालसम्मकै उच्च ३ हजार ६५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?