+
+

८८४८ औं मेसिन जडान गरेकोमा डा. उपेन्द्र देवकोटा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते १७:०९

८ भदौ, काठमाण्डौ । बिश्वप्रसिद्ध सिटी स्क्यान मेसिन उत्पादक कम्पनी सिमेन्सले उत्पादन गर्ने ‘सोमाटोम इमोसन’ मोडलको ८८४८ औं मेसिन काठमाण्डौको बाँसबारीस्थित न्यूरो अस्पतालमा जडान गरिएको छ ।

कम्पनीले सगरमाथाको उचाइ ८८४८ मिटरसँग मिल्ने उक्त संस्करण सगरमाथाकै देशमा जडान भएको संयोगलाई गौरवको विषय मान्दै सो अस्पतालका निर्देशक एवं बरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटालाई सम्मान गरेकोे छ ।

यो संयोगप्रति खुसी ब्यक्त गर्दै सिमेन्स कम्पनीका दक्षिण एसिया क्लस्टर हेड रिचार्ड गेस्टले डा. देवकोटालाई सम्मान गरेका हुन् ।

अत्याधुनिक उपकरण जडित यो अस्पतालमा नेपालको स्नायु रोग उपचारका लागि ख्यातिप्राप्त छ । अत्याधुनिक मेसिन जडान भएपछि रोग पहिचानका लागि अझ सजिलो हुने डा. देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?