+
+

छ औंले हत्याका अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ८ गते ११:१६

Rabin Maharjan८ भदौ, काठमाडौं । काठमाडौंको रत्नपार्कमा एक कवाडी मजदूरको हत्या गरेको अभियोगमो प्रहरीले मकवानपूर चित्लाङका रविन महर्जनलाई पक्राउ गरेको छ ।

बिहीबार विहान रत्नपार्कको गार्डेन नजिकैको पोखरीमा अन्दाजी २२ वर्षीय ६ औंले भनिने नाम नखुलेका युवकको शव भेटिएपछि प्रहरीले खोजतलास गरेको थियो । धारिलो हतियार प्रयोग गरि हत्या भएका ती युवकका हत्यारा खोज्ने क्रममा महर्जनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको हो ।

काठमाडौंको डल्लुमा बस्ने २२ वर्षीय थ्री स्टार भनिने रविन महर्जनले आफू सहित ४ जना मिलेर पैसा लेनदेनको बिबादमा ६ औंलेको हत्या गरेको स्वीकार गरेका छन् ।
मृतकको पूरा सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । उनी रत्नपार्कको फुटपाथमै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?