+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कैलाली-२ बाट उपाध्यायसहित १० जना कांग्रेस उम्मेदवारमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते २१:११

२६ मंसिर, काठमडौं । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ क्षेत्रीय सिमितले आगामी २१ फागुनमा हुने निर्वाचनका लागि डा। जितु उपाध्यायसहित १० जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

हाल सदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख राजनीतिक सल्लाहकार डा. उपाध्याय कांग्रेसका युवा नेता हुन् । दक्षिण कोरियाबाट फूड टेक्नोलोजीमा पीएचडी गरेका उपाध्यायले क्यानडामा प्राध्यापन गरिरहेका थिए । शाहले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेपछि उनी नेपाल फर्केका हुन् ।

त्यस्तै सो क्षेत्रबाट कृष्णराज पाण्डे, गोपाल बम, घनश्याम जोशी, नमराज उपाध्याय,  विजयबहादुर स्वाँर, वीरबहादुर चौधरी (थारु), मोहनसिंह राठौर, ललिता भट्ट  र हिमबहादुर रावलको नाम पनि सिफारिस भएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ कृष्णबहादुर चौधरी, गोविन्दबहादुर विष्ट, जगराम चौधरी, रीता मञ्जरी, शीवा थापा, नन्दराम बादी, टीका चौधरी, सुशीला जोशी, सुमन सञ्ज्याल, नृपबहादुर सुवर्णकार, बलबहादुर विष्ट र रविन्द्रकुमार चौधरीको नाम सिफारिस भएको छ ।

राष्ट्रियसभा तर्फ जनकबहादुर बम, धर्मराज न्यौपाने, नारायणप्रसाद शर्मा, बलबहादुर विष्ट, रंगकुमार भट्टराई, शिवा थापा र हुर्मत चलाउनेको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?