+
+
Shares

कांग्रेस कालीकोटमा विवाद, २ समूहले सिफारिस गरे उम्मेदवारको सूची

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ९:२८
Listen News
0:00
0:30
🔊

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस कालीकोटमा प्रतिनिधि उम्मेदवार सिफारिसमा विवाद भएको छ । सभापति अम्बबहादु शाही र उपसभापति मीनबहादुर बोगटी समूहबीच सहमति नहुँदा छुट्टाछुट्टै नाम सिफारिस गरिएको छ ।

सभापति शाहीले आफूसहित युवा नेता भुपेन्द्रजंग शाही र सीता रावलको नाम सिफारिस गरेका छन् । शाहीले यही मंसिर २६ गतेको मितिमा आकांक्षी उम्मेदवार सिफारिस गरेका थिए । त्यसको भोलिपल्ट शनिबार उपसहभापति बोगटीले छुट्टै नाम सिफारिस गरेका छन् ।

उपसभापति बोगटीले प्रतिनिधि सभातर्फका लागि हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन् । यी नाम सभापतिले सिफारिस गरेको सूचीमा छैनन् ।

यस्तै समानुपातिकतर्फ कालीबहादुर सहकारी, मुक्तिप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार, भरत विक सिफारिस भएका छन् । राष्ट्रिय सभातर्फ विष्णुबहादुर शाही दानबहादुर बमको नाम सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?