+
+
Shares

धोबीखोलामा नयाँ रेलिङ राखिँदै, पुरानो मर्मत हुँदै  

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना भएपछि रेलिङ राख्न र मर्मत सुरु गरिएको छ।
  • काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र भत्किएकाको मर्मत गरिरहेको छ।
  • नदी करिडोर सडकको किनारमा रेलिङ नहुँदा सवारीसाधन झर्ने समस्या देखिएको र सरकारको आलोचना भएको छ।

२९ मंसिर, काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न र मर्मत सुरु गरिएको छ ।

सहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मत सम्भार भइरहेको छ ।

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो । यी स्थानबाट नियमित सवारीसाधन झर्न लागेको र रेलिङ नराखेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?