News Summary
Generated by OK AI. Editorially reviewed.- अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यास 'सेतो धरती' मा आधारित नाटक कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको छ।
- लेखक न्यौपाने र थिएटर प्रमुख प्रकाश पुरीबीच पुस्तकलाई नाटकमा रूपान्तरण गर्ने सम्झौता भएको छ।
- नाटक माघ ९ गते सरस्वती पूजाको दिनदेखि मञ्चन गरिने तयारी भइरहेको छ र निर्देशक तथा कलाकारबारे चाँडै जानकारी दिइनेछ।
काठमाडौं । अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ मा आधारित नाटक मञ्चन हुने भएको छ । कान्तिपुर थिएटरले यो नाटक मञ्चन गर्न लागेको हो ।
लेखक न्यौपाने र थिएटर प्रमुख प्रकाश पुरीबीच पुस्तकलाई नाटक बनाउने कुरामा सम्झौता भएको छ । कान्तिपुर थिएटरले हालै ‘मीरा’ बाट रेखा थापा र ‘शिरिषको फूल’ बाट जीवन लुइँटेललाई नाटकमा डेब्यू गराएको थियो ।
‘सेतो धरती’ मा पनि चर्चित कलाकारलाई लिने तयारी भैरहेको जनाइएको छ । पुस्तकको गरिमा र वजन मर्न नदिने विश्वाससहित कान्तिपुर थिएटरलाई नाटक मञ्चनको अधिकार दिएको न्यौपानेले जनाएका छन् ।
नेपाली साहित्यमा धेरै विक्री हुन सफल यो पुस्तकको मुख्य पात्र ताराको जीवन भोगाइलाई अक्षरमा पढेका पाठकलाई दृश्यमा देखाउन सके रोमाञ्चक हुने आशा लिइएको कान्तिपुर थिएटरका प्रमुख पुरीले बताए । पाठक मात्र नभएर रंगमञ्चका दर्शकले पनि पुस्तकमाथि स्वादिलो नाट्य खुराक पाउने आशा लिइएको उनले जनाए ।
९ माघमा सरस्वती पूजाको दिनदेखि नाटक मञ्चनको तयारी गरिएको छ । निर्देशक र कलाकारबारे चाँडै जानकारी दिइएने जनाइएको छ ।
एकेडेमीले फिल्म अध्ययन, अध्यापन सँगै पछिल्लो समय थिएटरको पनि सुरुवात गरेर निरन्तर रुपमा नाटक मन्चन गर्दै फिल्म, रंगमञ्च र साहित्यलाइ जोड्ने काम गरिरहेको छ ।
प्रतिक्रिया 4