+
+
Shares

माओत्सेले कास्कीको ताङतिङबाट थाले ‘पेन्सन पट्टा’ को छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता तथा निर्देशक माओत्से गुरुङले आगामी फिल्म 'पेन्सन पट्टा' को छायांकन कास्कीको ताङतिङ गाउँबाट सुरु गरेका छन्।
  • फिल्म 'पेन्सन पट्टा' मा दयाहाङ राई, सुनिल थापा लगायत कलाकारको अभिनय रहनेछ।
  • फिल्मको कथावस्तु लोभी केटा कसरी दानी बन्छ भन्ने विषयमा आधारित छ र छायांकन ३५ दिनसम्म चल्नेछ।

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङले आगामी फिल्म ‘पेन्सन पट्टा’ को छायांकन कास्कीको रमणीय हिमाली गाउँ ताङतिङबाट थालेका छन् । अन्नपूर्ण हिमश्रृंखला सामुन्नेको यो गाउँ प्रसिद्ध पर्यटकीय थलो पनि हो ।

मुहूर्त पूजासहित छायांकन थालिएको हो । ३५ दिनसम्म उक्त आसपासमा फिल्म खिचिनेछ । दशकदेखि गुरुङ फिल्ममा सक्रिय माओत्से पछिल्लो समय नेपाली भाषाका फिल्ममा पनि ब्यस्त छन् ।

‘दयारानी’ पछि उनको यो दोस्रो नेपालीभाषी फिल्म हो । ‘दयारानी’ बक्सअफिसमा हिट भएको थियो ।

‘पेन्सन पट्टा’ मा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुस्कर गुरुङ , सुनिल थापा, राज थापा काउचा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईको अभिनय हुनेछ । कला निर्देशकमा राजु याक्चा छन् ।

लोभी केटा कसरी दानी बन्छ भन्ने कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बन्ने फिल्मको लगानीकर्तामा मीन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, सपना गुरुङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?