News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्र व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताउनुभयो।
- टाक्स फोर्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखा सहभागी हुने र वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न व्यवसायीहरू अग्रसर हुनुपर्ने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो।
- वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरेको र यसलाई सुधार गर्नु विकल्प नभएको मन्त्री भण्डारीले बताउनुभयो।
३ पुस, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्पेसल टाक्स फोर्स बनाएर काम गर्ने बताएका छन् ।
२५ औं अन्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रमा धेरै गुनासो आउने गरेको भन्दै यसलाई व्यवस्थित बना बनाएर काम गर्ने बताएका हुन् ।
मन्त्रालयमातहत रहने टाक्स फोर्समा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध महाशाखालगायतलाई सहभागी गराएर काम गर्ने उनको भनाइ छ ।
उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएका बिकृति अन्त्य गर्न व्यवसायीहरू नै अग्रसर हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनपछि पनि सुशासनका क्षेत्रमा सुधार गर्न नसके अर्को ठूलो विष्फोट हुनसक्नेतर्फ सबै सजक हुनुपर्ने उनको भनाइ छ ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारका क्षेत्रले मुलुकको अर्थतन्त्रमा धेरै सहयोग गरेको भन्दै यस क्षेत्रलाई सुधार गर्नुको विकल्प नभएको धारणा राखे ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइने गरिन्छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइमेद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदनअनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासिका रूपमा रहेका छन् । नेपालमा कुल ग्राहस्थ उत्पादनमा विप्रेषणको हिस्सा एक चौथाइभन्दा बढी रहेको छ ।
प्रतिक्रिया 4