+
+
Shares

नुवाकोट कारागारको ब्लकलाई बाल सुधार गृह बनाउने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १७:२८
Listen News
0:00
0:30
🔊

३ पुस, काठमाडौं । सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको हो ।

विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई त्यहाँ राखिनेछ ।

मन्त्रिपरिषद्ले केन्द्रीय कारागारको खाली भएको एउटा ब्लकलाई मात्रै बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?