+
+
Shares

यस्तो देखियो काठमाडौंको नेकपाको शक्ति प्रदर्शन (तस्वीरहरू)

शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्‍यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो ।

शंकर गिरी शंकर गिरी
२०८२ पुष ५ गते १५:०५
Listen News
0:00
0:30
🔊

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

शनिबार बागमती प्रदेश कमिटीले विभिन्न र्‍यालीसहितको प्रदर्शनपछि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गरेको हो ।

नेता कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीहरूसहित पद्मोदय अगाडिको मुख्य मञ्चमा पुगेर अहिले सभा गरिरहेका छन् ।

रत्नपार्कबाट सुरु भएको तारकेश्वर र टोखा नगरपालिका तथा नुवाकोट र रसुवाको र्‍याली पनि पुगेको थियो ।

यस्तै बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी–मनोहरा, काठमाडौं क्षेत्र नम्बर ३, ४ र ५ को र्‍याली डिल्लीबजार (चारखाल) तथा काठमाडौं–१ र २, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र रामेछापको र्‍याली बबरमहलबाट कार्यक्रम स्थल पुगेका छन् ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

थप तस्वीरहरू:

 

 

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?