+
+
Shares

न्यायाधीशलाई धम्की दिने राजकुमार तिमल्सिनालाई कारागार पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते ११:०१
Listen News
0:00
0:30
🔊

१७ पुस, काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई कारागार पठाइने भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखराबाट पक्राउ गरेर तिमल्सिनालाई काठमाडौं ल्याएको थियो । उनलाई अब कारागार पठाउने लागिएको प्रहरी स्रोतले बतायो ।

डार्क फाइल नेपाल अभियानका तिमल्सिनाले सार्वजनिक गरेको अडियो गलत भएको भन्दै अदालतले उनलाई ६ महिना कैदको फैसला सुनाएको थियो । उनी ५१ दिन कारागारमा बसेका थिए ।

सोही क्रममा जेनजी आन्दोलनको बेला २४ भदौमा उनी कारागारबाट भागेका थिए । त्यसपछि सामाजिक सञ्जालमार्फत निरन्तर न्यायाधीशहरुमाथि उनले धम्की दिँदै आएका थिए ।

यो विषयमा भने अहिलेसम्म उजुरी नआएको उनलाई कारागार पठाउन लागिएको प्रहरीले जनाएको छ । ‘न्यायाधीश धम्कीको विषयमा अहिलेसम्म उजुरी आएको छैन । जाहेरी आएमा अनुसन्धान अघि बढ्छ । अहिले भने उनलाई फैसला कार्यान्वयनका लागि कारागार पठाउँदै छौं’ एक प्रहरी अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?