+
+

होटलबाट बालमजदुरको उद्दार

१५ भदौ, पाँचथर । जिल्ला बालकल्याण समीतिले शनिवार यासोक बजारको होटलबाट बालमजदूरको उद्दार गरेको छ । यासोक ३ निवासी १२ वर्षीय राजु नेपाली आर्थिक अवस्था नाजुक भएकाले यासोक बजारको एक होटलमा काम गर्दै आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १५ गते ११:०५

Raju Nepal Support_CDO Pachtharकृष्ण ओझा

१५ भदौ, पाँचथर । जिल्ला बालकल्याण समीतिले शनिवार यासोक बजारको होटलबाट बालमजदूरको उद्दार गरेको छ । यासोक ३ निवासी १२ वर्षीय राजु नेपाली आर्थिक अवस्था नाजुक भएकाले यासोक बजारको एक होटलमा काम गर्दै आएका थिए ।
नेपालीका बाबुको ४५ दिन अघि  मूत्यू भएको थियो । आमा निश नेपाली १० महिनाअघि खुट्टा भाँचिएर अपांग छिन् । घर धान्न समस्या भएपछि आमाले होटलमा मजदुर गर्न लगाएको नेपालीले बताएका छन् ।
होटल मालिकले मासिक १५ सय दिएर विहान बेलुका काममा लगाई दिउँसो विद्यालय पठाउने गरेको भेटिएको जिल्ला बालअधिकार अधिकृत सरस्वती सिवाकोटीले बताइन् ।
शनिबार यासोक पुगेका बालकल्याण समितिका अध्यक्ष तथा प्रजिअ प्रदिपराज कँडेलले होटलमा काम गरिरहेका बालकको अवस्थाबारे चासो राखेपछि उद्दार गरिएको हो ।
प्रजिअ कडेल र बालअधिकृत शिवाकोटीले उद्दार गरिएका बालकको परिवारलाई भदौ देखि ६ महिनासम्मका लागि आपतकालिन बालउद्दार कोषबाट मासिक दुई हजारका दरले आर्थिक सहयोग  दिइने बताएका छन्  ।
उद्दार गरिएका बालकलाई उद्योग बाणिज्य संघ यासोकले खाद्यसामाग्री उपलब्ध गरायो । यासोक गाविसमा एक दिने एकीकृत घूम्तीसेवाको आयोजना गरीएको प्रजिअ कँडेलले बताए ।
घुम्तीसेवामा कोलेनिका,घरेलु, बाणिज्य संघ, प्रहरी, जिल्ला बालकल्याण समितिले गाउँमै सेवाप्रवाह गरेर सार्वजनिक सुनुवाई पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?