+
+
WC Series
Nepal Women
95/4 (15.2)
VS
Thailand Women
0/0
Shares

रुपन्देही २ मा नेकपाको उम्मेदवार विश्वदीप पाण्डे

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुपन्देही २ मा विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीले रुपन्देही २ मा विश्वदीप पाण्डेलाई उम्मेदवार बनाएको छ।
  • पार्टी संयोजक पुष्पकमल दाहाल \'प्रचण्ड\'ले नेता पाण्डेलाई टिकट हस्तान्तरण गरेका छन् ।
  • नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

४ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुपन्देही २ मा सुवास पाण्डे (विश्वदीप)लाई उम्मेदवार बनाएको छ । नेता पाण्डेलाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार टिकट हस्तान्तरण गरेका हुन् ।

नेकपा एमालेले नेता वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । माघ ६ गते मनोनयनको मिति तोकिएको छ । त्यसअघि दलहरूले उम्मेदवार तय गरिरहेका छन् ।

अर्घाखाँचीमा जन्मिएका पाण्डे माओवादी सशस्त्र युद्धदेखि नै सक्रिय युवा नेता हुन् । उनी २०६८ सालमा डा. बाबुराम प्रधानमन्त्री हुँदा स्वकीय सचिव बनेका थिए । डा. भट्टराई माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गर्दा उनी बाबुरामसँगै थिए ।

पछि उनी प्रचण्ड नेतृत्वको माओवादीमै फर्किएका थिए । २०८१ साल वैशाखमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञ पदमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?