६ माघ, महोत्तरी । महोत्तरीको क्षेत्र नं १ मा नेकपा एमालेबाट लक्ष्मी महतो कोइरीले उम्मेदवारी दर्ता गराएका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट कोइरीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिए ।
कोइरी यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनले २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीले यसपटक पनि पोखरेललाई नै उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4