+
+
Shares

हुम्लाको सिमकोटमा यो वर्षकै पहिलोपटक हिमपात 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते ७:३७

१० माघ, हुम्ला । हिमाली हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा सरेको हो ।

लामो समय हिमपात नहुदाँ हुम्ली कृषकहरू चिन्तित बनेका थिए । कात्तिक महिना लगाएको जेठासी बाली सुक्दै गएपछि यहाँ कृषकहरू चिन्तित बनेका थिए । माघ महिनामा हिउँ परेपछि कृषकहरूको मुहारमा खुसि छाएको छ ।

जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले सचेत गराएको हो । हिमपात भएकपछि उच्च सर्तकता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

हुम्लासहित मुगु, जुम्लामा पनि हिमपात भएको छ ।

तस्वीर : नरजन तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?