+
+
WC Series
Nepal Women
0/0
VS
Zimbabwe Women
0/0
Shares

कैलाली–५ मा प्रेम आलेसँग रास्वपाबाट भिड्दै जनस्वास्थ्य अभियन्ता चन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १० गते १२:३७

१० माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली–५ मा जनस्वास्थ्य अभियन्तालाई आनन्द चन्दलाई उम्मेदवार बनाएको छ ।

चन्द शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यको क्षेत्रमा दशकौँदेखि काम गर्दै आएका अभियन्ता हुन् ।

यो क्षेत्रमा कांग्रेसबाट नरनारायण शाह, नेकपाबाट प्रेम आले प्रतिस्पर्धामा छन् ।

पुर्खौली थलो बैतडी रहेका चन्दको परिवार कैलाली झरेको थियो । धनगढी उपमहानगरपालिका– ८ मा बासिन्दा चन्दले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापक थिए ।

जैविक रसायनशास्त्रमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालय र अमेरिकाको नर्थ क्यारोलिना ए इन्ड टीस्टेट युनिभर्सिटीको सहकार्यमा पीएचडी सम्पन्न गरेका हुन् ।

अध्ययन तथा अनुसन्धानमा सक्रिय उनका अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

चन्द नेपालको सुर्तिजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगविरुद्धको अभियानका अग्रणी अभियन्ता समेत  हुन् ।

सूर्तीजन्य पदार्थमा चित्रसहित चेतावनी, धूम्रपान निषेध कानुन, सुर्तीजन्य पदार्थको विज्ञापन नियन्त्रणजस्ता नीतिमा सरकारलाई दबाब साथै सघाउने कार्य गर्दै आएका छन् । चन्दले शनिबार देखि प्रचार सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?