+
+

बसको ठक्करबाट एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते ११:१९

१७ भदौ, नवलपरासी । नवलपरासीको गैडाकोटमा मंगलवार विहान बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १६ नम्बर चोकमा बसको ठक्करबाट साईकलयात्री महिलाको मृत्यु भएको छ ।

विहान करिब साढे सात बजेतिर पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना २ ख ८५९८ नम्बरको बसको ठक्करबाट स्थानीय २६ वर्षका चित्रकला रिजालको मृत्यु भएको हो । गम्भीर घाइते रिजालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । घटनाको विरोधमा स्थानीयले विहान करिब दुई घण्टा सडक अबरुद्ध पारेका थिए ।

मृतकको आफन्त र प्रहरी प्रशासनबीच क्षतिपूर्तिबारे सहमति नभएपछि छलफलका लागि बाटो खुलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?