+
+
Shares

आठ वर्षमा दुई सय किलोमिटर सडक कालोपत्र

बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वत जिल्लामा बितेका आठ वर्षमा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन्।
  • यस अवधिमा २४ वटा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएका छन्।
  • चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर सडक २३ किलोमिटर कालोपत्र गरिएको छ।

११ माघ, पर्वत । बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् ।

यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।

पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् ।

साथै, सोही अवधिमा मोटर सञ्चालन गर्न मिल्ने २४ वटा पक्की पुल निर्माण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?