+
+
Shares

आयोग कर्मचारीलाई चुनावको चटारो (तस्वीरहरू)

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम छापिरहेको छ । छापिएका मतदाता नामावली लगायतका सामग्रीहरू मिलाउने, पोका पार्ने र पोका पारेका सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १६:०१

१२ माघ, काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । उम्मेदवारी दर्तासँगै राजनीतिक दलहरू चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । निर्वाचन आयोग पनि २१ फागुनमा हुने निर्वाचनका लागि आवश्यक तयारीमा जुटिरहेको छ ।

आयोगले निर्वाचनको समयमा कुनै समस्या आए तत्काल समाधान गर्न सकिने गरी आइतबार संयुक्त निर्वाचन सञ्चालन केन्द समेत सञ्चालनमा ल्याइसकेको छ ।  सो केन्द्रले आवश्यक सूचना लिने, त्यसको विश्लेषण गर्ने र तत्काल आवश्यक निर्णय लिने आयोगको भनाइ छ ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम छापिरहेको छ । छापिएका मतदाता नामावली लगायतका सामग्रीहरू मिलाउने, पोका पार्ने र पोका पारेका सामग्रीहरू विभिन्न जिल्लाहरूमा पठाउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?