News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको सातौं गीति एल्बम ‘माटो’ सोमबार युट्युव च्यानलमार्फत रिलिज भएको छ।
- ‘प्यारो देशकै माटो’ गीतमा कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको आवाज छ र भिडियोमा अधिकारी र गीता ढुंगानाको अभिनय छ।
- अधिकारीले जेन-जी आन्दोलनपछि युवामा निराशा बढेको देखेर विदेश जानुभन्दा नेपालमै रमाउन प्रेरित गर्ने गीत बनाएको बताउनुभयो।
काठमाडौं । व्यवसायी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको सातौं गीति एल्वम ‘माटो’ सोमबार रिलिज भएको छ । राष्ट्रियताको विषयलाई समेटेर तयार पारिएको गीत सोमबार अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत रिलिज भएको हो ।
अधिकारीको शब्द र कृष्ण लामिछानेको संगीत रहेको ‘प्यारो देशकै माटो’ बोलको गीतमा चर्चित लोक तथा दोहारी गायक कुलेन्द्र विश्वकर्मा र गायिक समीक्षा अधिकारीको आवाज छ ।
विदेश जानु भन्दा नेपालकै माटोमा रमाउन युवालाई प्रेरित गरिएको गीतको भिडियोमा अधिकारी र गीता ढुंगानाको अभिनय छ । भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । जेन-जी आन्दोलनपछि देशमा झनै निराशा बढेर विदेश जाने युवाको ताँती देखेपछि यस्तो गीत बनाएको अधिकारीले बताए ।
एनआरएनए अभियन्ता तथा शैक्षिक परामर्श व्यवसायीका रुपमा परिचित अधिकारी केही बर्षअघि गीत संगीतमा जोडिएका थिए । अधिकारी मातृभूमिका लागि केही गर्छु भनेर दुई वर्षअघि लन्डनबाट नेपाल फर्किएर गीत संगीतसँगै व्यवसायलाई निरन्तरता दिइरहेका छन् ।
अधिकारीका युके बस्ने माया, लुकी लुकी, आमा जेलैमा, दुनियाँ नै लठ्ठ छ, इन्द्र महाराज, तिम्लाई पीआर, मलाई देश चाहिएको… आदि गीत चर्चित छन् ।’
युके बस्ने माया युट्युवमा १६ करोड बढी पटक हेरिएको छ । यो गीत पनि दर्शक, श्रोताको रोजाइमा पर्ने विश्वास अधिकारीको छ ।
प्रतिक्रिया 4