+
+
Shares

एपस्टाइन प्रकरणका नयाँ फाइलहरूमा दलाई लामाको नाम १६९ पटक उल्लेख

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १७:३४
Photo Credit : Reuters
Dalai Lama (left) and Jeffrey Epstein (right)

२१ माघ, काठमाडौं । जेफ्री एपस्टाइनको मुद्दाको नयाँ खुलासामा तिब्बती आध्यात्मिक नेता दलाई लामाको नाम १६९ पटक उल्लेख भएको पाइएको छ।

अमेरिकी न्याय विभागले सार्वजनिक गरेका यी इमेलहरू सन् २०१२ ताकाका हुन् ।

सन् २०१२ अक्टोबरका इमेलहरूले दलाई लामा र एपस्टाइनबीच भेट भएको र उनीहरू एउटा कार्यक्रममा सँगै सहभागी हुने तय भएको संकेत गर्छन् ।

पत्रकार माइकल वुल्फका अनुसार धेरैजसो उच्च पदस्थ व्यक्तिहरू जस्तै दलाई लामा पनि आफ्नो परोपकारी कार्यका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले एपस्टाइनको म्यानहट्टनस्थित घर पुगेको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि सन् २००९ मा पनि दलाई लामाले ‘एनएक्सआईभीएम’ नामक विवादास्पद संस्थाको कार्यक्रममा सम्बोधन गरेको र त्यस बापत १० लाख डलर प्राप्त गरेको चर्चा भएको थियो। उक्त संस्थाका प्रमुख पछि यौन शोषणको मुद्दामा जेल परेका थिए।

दलाई लामा बाहेक यो नयाँ सूचीमा लिंकडइनका संस्थापक रिड हफम्यान, फिल्म निर्माता मिरा नायर र प्रख्यात गुरु दीपक चोपडाको नाम पनि समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?