+
+
Shares

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १६:१०

२४ माघ, काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई सरकारले ३ वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै संगठनले शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सर्वोच्च अदालतले नेपालीहरूलाई अन्य देशका सेना बनाउन रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले विरोध गरिएको जनाएका छन् ।

संगठनका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको दिनलाई संगठनले सकारात्मक रुपमा लिएकाले उक्त आदेशलाई कार्यान्वयन गर्न प्रदर्शन गरिएको बताए ।

प्रदर्शनमा सहभागीहरूले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू मानवअधिकारप्रति जिम्मेवार बन, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर, गोर्खाको पहिचान बेचेर खान पाइँदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?