+
+
Shares

रिलायन्सको दोस्रो त्रैमासको आम्दानी ४ अर्ब ७९ करोड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १८:४१

२९ माघ, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १ सय ६३ रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीद्वारा बिहीबार सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार उक्त अवधिमा खर्च ४ अर्ब १९ करोड ९ लाख १ हजार ८१ रुपैयाँ छ ।

३२ करोड ९८ लाख ४८ हजार ३ यस ४५ रुपैयाँ सञ्चालन नाफा रहेको कम्पनीले १३ करोड ७४ लाख ३५ हजार ४ सय १४ रुपैयाँ खुद नाफा कमाएको हो ।

यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर ४९०.५४ रुपैयाँ पुगेको छ । हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको सेयर पूँजी १ अर्ब ९० करोड छ । कम्पनीमा २१ हजार ८ सय ७ सेयरधनी छन् ।

सेयर बाँडफाँट कार्य सम्पन्नपछि रिलायन्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकरण प्रक्रियामा रहेको छ । तीन दशकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरी दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ ।

उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्की लगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । कम्पनीमा ४ हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । मजदुरमैत्री पहिचान बनाएको रिलायन्समा करिब १ हजार ३ सय महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?