+
+
Shares

पूर्वराजालाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी, विमानस्थलमा सुरक्षा कडा (तस्वीरहरू)

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

शंकर गिरी शंकर गिरी
२०८२ फागुन १ गते १२:५३

१ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई र्‍यालीसहित त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवास लग्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मै कडा सुरक्षा व्यवस्था बनाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

अहिले काठमाडौंका चोक–चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौं आइरहेका छन् । राप्रपा लगायत राजवादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन् ।

लेखक
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?