+
+
Shares

पशुपतिमा रोबोट साधुहरूले मृत रोबोटको अन्त्येष्टि गरेको देखाउने यो फिल्म

दृश्यका हिसाबले यो फिल्म आश्चर्यजनक नै छ । यद्यपि, फिल्मको अन्य पक्ष केही हदसम्म खोक्रो महसुस हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्यारेथ एडवर्ड्सले निर्देशन गरेको \'द क्रियटर\' फिल्ममा पशुपति क्षेत्रको भीडभाड र लासहरूको अन्त्येष्टि रोबोट साधुहरूले गर्ने दृश्य देखाइएको छ।

ठ्याक्कै त्यस्तै त होइन, तर पशुपति क्षेत्रमा जुन माहोल र रौनक हुन्छ, त्यसलाई देखाइएको एउटा फिल्म छ, द क्रियटर । जसरी पशुपति क्षेत्रमा भीडभाड हुन्छ, जसरी त्यहाँ लासहरूको अन्तिम संस्कार गरिन्छ, त्यो कुरा फिल्ममा छोटो सिन नै सही, देखाइएको छ ।

सन् २०१० को कान्स फिल्म फेस्टिभलमा ‘मोन्स्टर्स’ मार्फत चर्चा कमाएका ग्यारेथ एडवर्ड्सले निर्देशन गरेको ‘द क्रियटर’ मौलिक साइ-फाई अर्थात् विज्ञान कथामा आधारित फिल्म हो । यसो हुनाले पशुपतिको दृश्यमा मावन हुँदैनन् । त्यहाँ रोबोटहरू हुन्छन् । त्यहाँ रोबोट साधुहरूले मृत रोबोटहरूको अन्त्येष्टि गरिरहेका हुन्छन् ।

तर, यो फिल्म पूर्णरूपमा नेपालमा खिचिएको होइन । फिल्मका केही दृश्यमा मात्र नेपाली भू-भाग देखाइएको छ । फिल्मको कथावस्तुले मूलतः अमेरिका र दक्षिण-पूर्वी एसियाको लडाइँ भएको देखाउँछ ।

किनकि अमेरिकाले भविष्यको ‘न्यू एसिया’मा एआईसँग मानिसहरूको घुलमिल र मित्रतालाई रुचाउँदैनन् । त्यसैबीच लस एन्जलसमा एउटा परमाणु विष्फोट हुन्छ । त्यसको दोष उनीहरूले एआईलाई नै दिन्छन् । अनि त्यसै बहानामा अमेरिकाले युद्ध सुरु गर्छ ।

दृश्यका हिसाबले यो फिल्म आश्चर्यजनक नै छ । यद्यपि, फिल्मको अन्य पक्ष केही हदसम्म खोक्रो महसुस हुन्छ । एआईविरुद्ध मानव वा अमेरिका विरुद्ध एसियाको संसारमा बुनिएको ‘लोन वोल्फ एन्ड कब’ (एकल ब्वाँसो र बच्चा)को पुरानै शैलीको कथा बाहेक यसमा नवीनता छैन ।

फिल्म भविष्यको पृष्ठभूमिमा सेट गरिएको छ । जहाँ ह्युमनोइड रोबोटहरू सामान्य मान्छेहरू जस्तै अवस्थामा भेटिन्छन् । तर यो फिल्म एआईमा मात्र केन्द्रित छैन । कतिपयले यसलाई भियतनाम युद्धको कथालाई एक्सन साइ-फाईमा मात्र देखाइएको भन्ने गर्छन् ।

रिबुट, सिक्वेल र रिमेकको यो युगमा एउटा पूर्णतया मौलिक साइ-फाई फिल्म आउनु राम्रो हो । भिजुअल र वर्ल्ड-बिल्डिङको मामलामा यो फिल्म असाधारण नै छ । तर यसको कथा र पटकथा अवश्य नै कमजोर छ । प्राविधिक पाटोमा फिल्म राम्रो भए तापनि यसले आधारभूत विषयवस्तुभन्दा बाहिर गएर गहिराइ खोतल्ने प्रयास गरेको छैन ।
हेरिसकेपछि छलफलका लागि धेरै कुरा बाँकी रहँदैनन् ।

यो फिल्म निमार्ण हुँदाको समयमा एआईबारे राम्रै बहस भइरहेको थियो । फिल्ममा त्यो मुद्दा देखिने विश्वास समेत गरिएको थियो । तर, फिल्मले छोएन । बरु अमेरिकी प्रोपगान्डालाई बल पुर्‍याउने काम गर्‍यो । किनकि भियतनामी, थाई लगायत अन्य एसियालीहरूलाई फिल्म एआई भनेर प्रतीकात्मक रूपमा देखाइयो । कथित श्रेष्ठता र आफूलाई खतरा महसुस हुने वस्तुलाई नष्ट गर्न चाहने अमेरिकी सैन्य अहंकार देखायो ।

मौलिक कथा, भिजुअल इलिमेन्ट जस्ता विषयका आधारमा यो फिल्म सकारात्मक छ । तर, साई-फाई भन्दैमा एआई बारेमा गहिरो दार्शनिक छलफलको अपेक्षा राख्नुभन्दा यसलाई दृश्य सौन्दर्यका लागि मात्र हेर्नु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?