+
+
Shares

रास्वपा बाचापत्र : राज्यको सेवा-सुविधा लिनेको दलीय आबद्धता अन्त्य गर्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १५:४२

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि गठन हुने सरकारको नेतृत्व गर्न पाए राज्यको सेवा–सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्ने बताएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको रास्वपाको वाचापत्रमा रास्वपाले सरकारमा आउने बित्तिकै राज्यका विभिन्न निकायहरूमा कार्यरत सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्ने उल्लेख गरेको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउने बित्तिकै राज्यका विभिन्न निकायहरू– कर्मचारीतन्त्र, शिक्षण सेवा, प्राध्यापन, सुरक्षा निकाय, अदालत तथा संवैधानिक अंगहरू लगायत राज्यको सेवा–सुविधा उपभोग गर्ने सबैको दलीय आबद्धता अन्त्य गर्न आवश्यक कानुनी र संस्थागत व्यवस्था कार्यान्वयन गर्छौं,’ वाचापत्रमा भनिएको छ ।

रास्वपाले राज्य संयन्त्र कुनै दलको शाखा कार्यालय नभएर सम्पूर्ण नागरिकको साझा संस्था भएको प्रष्ट्याएको छ । रास्वापले भ्रातृ संगठन निर्माण नगर्ने पार्टीको पुरानो नीतिलाई निरन्तरता दिने भएको छ ।

‘कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछौं,’ वाचापत्रमा भनिएको छ, ‘जनताले तिरेको करबाट तलब भत्ता लिएर राज्यका निकायहरूका विभिन्न ओहदामा बसेर राज्य र संविधानप्रति नभई आफ्नो मातृ राजनीतिक दलप्रति निष्ठा राख्दै काम गर्नु राष्ट्रप्रति अनैतिक र दण्डनीय कृत्य हो भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?