+
+
Shares

काठमाडौं मोडल कलेजको सफलता : बीबीएमा नेपाल प्रथम, १२ विद्यार्थीले ल्याए ३.९ माथिको जीपीए

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौं मोडल कलेजले पुनः उत्कृष्ट नतिजा हासिल गरेको छ।
  • शुभेच्छा नेपालले ४ जीपीएससहित नेपाल 'टप' र निशा बस्नेतले ३.९९ जीपीएससहित 'सेकेन्ड टपर' भएकी छन्।
  • कलेज प्रमुख सुरेन्द्र सुवेदीले 'केएमसी इन्नोभेसन ल्याब' मार्फत विद्यार्थीमा उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकासमा विशेष पहल गरिएको बताए।

१० फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए दोस्रो सेमेस्टरको बोर्ड परीक्षामा काठमाडौं मोडल कलेज (केएमसी)ले पुनः उत्कृष्ट नतिजा हासिल गरेको छ ।

यस परीक्षामा केएमसीका विद्यार्थी शुभेच्छा नेपालले ४ जीपीएसहित नेपाल ‘टप’ भएकी छन् । निशा बस्नेतले ३.९९ जीपीएसहित ‘सेकेन्ड टपर’ भएकी छन् ।
यसैगरी कलेजका १२ जना विद्यार्थीले ३.९ भन्दा माथि जीपीए ल्याई उल्लेखनीय सफलता हासिल गरेका छन् ।

सोहि सत्रको बीबीएमतर्फ भने ३.९१ जीपीएसहित शत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

विश्वविद्यालयबाट निर्धारित पठ्यक्रमका अलावा विभिन्न शैक्षिक गतिविधि, शिक्षक तथा विद्यार्थीलाई विभिन्न तालिम कलेजले दिँदै आएको छ । कलेज प्रमुख सुरेन्द्र सुवेदीले ‘केएमसी इन्नोभेसन ल्याब’ मार्फत विद्यार्थीमा उद्यमशीलता तथा स्टार्टअप संस्कृतिको विकास गर्न विशेष पहल गरिएको बताए ।

‘यस पहलले विद्यार्थीलाई नवीन सोच, व्यवसायिक सिप तथा उद्यम स्थापना गर्न आवश्यक मार्गदर्शन प्रदान गर्दै आत्मनिर्भर र सिर्जनशील नेतृत्व विकासमा टेवा पुर्‍याइरहेको छ’ उनले भने ।

कलेजको सफलतामा योगदान पुर्‍याउने विद्यार्थी अभिभावक तथा शिक्षक–कर्मचारी सबैप्रति उनले आभार व्यक्त गरे । वि.सं. २०६० सालमा स्थापित काठमाडौं मोडल कलेजमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमबीएस, एमए (अंग्रेजी), बीबीए, बीबीएम, बीबीएस, बीसीए तथा बीएसडब्लु कार्यक्रमहरू सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?