+
+
Shares

बीमा कम्पनीलाई अन्य मुलुकमा सेवा विस्तार गर्न सहजीकरण गरियोस् : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते ११:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले नेपाली बीमा कम्पनीहरूको पूँजी र व्यवस्थापन सुधारले बाह्य देशमा सेवा विस्तार गर्न सक्ने बताए।
  • ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि बीमा प्राधिकरणलाई सहजीकरण गर्न आग्रह गरे।
  • आईजीआई प्रुडेन्सियलले काठमाडौंको पानीपोखरीमा १२ तल्लाको नयाँ केन्द्रीय भवन उद्घाटन गरेको छ।

१५ फागुन, काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष हेमराज ढकालले नेपाली बीमा कम्पनीहरूको पूँजी र व्यवस्थापनमा भएको सुधारले बाह्य देशमा सेवा विस्तार गर्ने अवस्थामा पुगेको बताएका छन् ।

आईजीआईको नयाँ केन्द्रीय भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले पहिलो चरणमा दक्षिण एसिया र अफ्रिकासम्म सेवा विस्तारका लागि सहजीकरण गर्न बीमा प्राधिकरणलाई आग्रह समेत गरे ।

‘विदेशी इन्स्योरेन्स कम्पनीहरूले नेपालमा बजार विस्तार गरेजस्तै नेपाली इन्स्योरेन्स कम्पनीहरू पनि ग्लोबल कम्पनीका रूपमा स्थापित गर्ने समय आएको छ’ उनले भने ।

सो अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको नियामक निकायका तर्फबाट नेपाली कम्पनीहरूको बीमा व्यवसायलाई विश्व बजारमा विस्तार गर्ने सोचप्रति प्राधिकरणको नीतिगत सहयोग रहने आश्वासन दिए ।

बीमा प्राधिकरणको नीतिगत सहजीकरण गरेमा नेपाली बीमा कम्पनीहरूको विश्व बजारमा जाने लक्ष्यले बीमा बजार थप विस्तार हुनेछ ।

आजै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले काठमाडौंको पानीपोखरीमा करिब ६० हजार वर्गफिट क्षेत्रफलमा २ तल्ला पार्किङसहित १२ तल्लाको भवनबाट सेवा दिने गरी भवन उद्घाटन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?