News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ।
- लैनचौर लगायत काठमाडौंका विभिन्न ठाउँमा चेरी फूल फुलेका कारण शहरको सुन्दरता बढेको छ।
- चेरी फूलले शान्ति, नवीनता र आशाको सन्देश दिने विज्ञहरूले बताउँछन्।
१९ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका सडक किनाराका विभिन्न स्थानमा पछिल्लो समय चेरी फूल ढकमक्क फूलेको देख्न सकिन्छ । काठमाडौंको लैनचौरस्थित सडक छेउमा यतिखेर चेरी फूल ढकमक्क फुलेको देख्न सकिन्छ ।
चेरी फूल ढकमक्क फुलेकै कारण अहिले यो क्षेत्र अहिले निकै मनमोहक देखिएका छन् । लैनचौर लगायत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यो फूल फुलेका कारण काठमाडौं शहरको सुन्दरता पनि बढाएको छ ।
पार्क, बगैंचा वा सडकछेउका चेरीका रूखहरू फूलले ढाकिँदा त्यहाँ पुग्ने हरेक मानिसको मन प्रफुल्लित बनाएको देख्न सकिन्छ । पैदलयात्रीहरू मात्रै होइन, गाडीमा हुइँकनेहरू पनि चेरी फूलसँगै सेल्फी खिचेर रमाउने गरेको भेटिन्छन् ।

वसन्त ऋतुमा फूल्ने चेरी जापानको राष्ट्रिय फूल पनि हो । जापानमा यसलाई साकुरा भनेर पनि चिनिन्छ ।
हल्का गुलाबी झैं देखिने फूलहरू हावासँगै लहलह बहँदा थप आकर्षक देखिन्छ । केही दिनमै फक्रेर फेरि झर्ने यसको स्वभावले सुन्दर क्षणको महत्त्व समेत सम्झाउँछ।
चेरी फूलको सौन्दर्य केवल आँखाले देखिने रङमा सीमित छैन, यसले शान्ति, नवीनता र आशाको सन्देश पनि दिने विज्ञहरू बताउँछन् ।



प्रतिक्रिया 4