१९ फागुन, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू नर्वाचनका दिन २१ फागुनमा नियमित उडान सञ्चालन गर्ने भएका छन् ।
यसअघि नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गरी चुनावका दिन आन्तरिक उडान नहुने बताएको थियो । सोही अनुसार आन्तरिक वायुसेवा कम्पनीहरूले निर्वाचनका दिन उडान नगर्ने मनस्थितिमा थिए ।
तर, निर्वाचन आयोग र नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवाहरूलाई उडान सञ्चालन गर्न अनुरोध गरेपछि चुनावका दिन सामान्य हिसाबमा नियमति उडान हुनेछन् ।
‘हामी यात्रु चाप हेरेर चुनावका दिन नियमित उडान गर्ने छौं,’ यती एयरलाइन्सका एकाउन्टेबल म्यानेजर युवराजकुमार विष्टले भने, ‘हामीले चुनावका दिनका लागि पनि टिकट बुकिङ खुला राखेका छौं । यद्यपि, यात्रु चाप कम भएकाले उडान हुने सम्भावना भने कम छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4